Comments Add Comment

प्रदेश १ को कोरोना कोषलाई सभामुख र उपसभामुखले दिए एक महिनाको तलब

एक नम्बर प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी

१२ चैत, विराटनगर । एक नम्बर प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण र उपचार प्रदेश कोषलाई एक महिनाको तलब प्रदान गरेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

त्यसैगरी समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादलवले पनि एक महिनाको तलव कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रदेश सरकारले मंगलबार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण र उपचार प्रदेश कोष स्थापना गरेको थियो । मन्त्रिपरिषद बैठकले ्कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको थियो । कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment