Comments Add Comment

सगरमाथा पदमार्गमा ३ सय बढी विदेशी अलपत्र

१२ चैत, काठमाडौं । सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका ३ सय भन्दा बढी पदयात्री अलपत्र परेका छन । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका सदस्य सिम्बिर घलेका अनुसार लुक्लामा मात्र ११९ जना बिदेशी पदयात्री अलपत्र अवस्थामा छन् ।

अकस्मात घोषित नेपाल लकडाउनका कारण यातायात, होटेल तथा अन्य सबै सेवा बन्द भए पछि पदयात्री अलपत्र परेका हुन । लुक्लामा रहेका ट्रेकिङ गाइड रमेश तामाङका अनुसार ११९ बिदेशी पदयात्री लुक्लामा रोकिएका छन् । उनिहरु सुरक्षित फिर्तिको प्रतीक्षामा रहेको घलेले बताए ।

अकस्मात घोषणा भएको लकडाउनका कारण यसअघि नै पदयात्रामा निस्किएका पर्यटक अलपत्र परेका छन, घलेले अनलाइनखबर सङ्ग भने, हामी सुरक्षा निकाय, स्थानीय सरकार र अन्य सरोकारवालासङ्ग उद्दारका लागि समन्वय गरिरहेका छौं ।

लुक्ला भन्दा माथी विभिन्न स्थानमा २ सय हाराहारी पर्यटक अलपत्र परेको घलेले जानकारी दिए । उनिहरुको यकिन तथाङ्क सङ्कलनको काम समेत भइरहेको उनको भनाइ छ । पर्वतारोहणको सिजन यसबेला हजारौं पर्यटक सगरमाथा आधार शिविरसम्म पदयात्रा निस्कन्छन ।

तर, कोरोना भाइरसको सङ्क्रमणका कारण यो वर्ष पर्यटकीय गतिविधी प्रभावित भएको छ । यस पदयात्रा मार्गमा पासाङ ल्हामु गाउँपालिकाले हरेक पदयात्री सङ्ग २ हजार रुपैया शुल्क लिने गर्छ । अलपत्र पर्यटकको उद्दारमा समेत गाउँपालिकाले पहल लिनुपर्ने गरि समन्वय थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment