+
+
Shares

धनुषामा लकडाउनको अवज्ञा गर्ने २१ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १२:४९

१२ चैत, जनकपुरधाम । धनुषामा लकडाउनको अवज्ञा गर्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँबाट बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लकडाउनको अवज्ञा गरी घरबाहिर निस्केका २१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार ९४ वटा मोटरसाइकल, एउटा अटो रिक्सा र २ वटा ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको छ ।

यसअघि मंगलबार धनुषा प्रहरीले लकडाउनको अवज्ञा गर्ने २६१ जनाको मोटरसाइकल, ११ जनाको अटो रिक्सा, ७ जनाको जीप तथा कार र चार वटा बस तथा ८ जना मानिसलाई नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?