Comments Add Comment

कोरोना फैलाएको आरोपमा चीनविरुद्ध मुद्धा

१२ चैत, काठमाडौं । कोरोना भाइरस फैलाएको आरोप लगाउँदै एक अमेरिकी वकिलले चीनविरुद्ध मुद्धा दायर गरेका छन् ।

लारी क्लेमेन नामक ती वकिलले चीनविरुद्ध अमेरिकाको टेक्सास जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन् । उनले २० ट्रिलियर डलर क्षतिपूर्ति मागदावी गरेका छन् ।

कोरोना भइरस चीनको वुहानबाट सुरु भएको थियो । अहिले यो भाइरसले विश्वभर महामारीको रुप लिएको छ ।

पछिल्लो समयमा अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको दर निकै बढेको छ । यही बेला अमेरिकी अधिवक्ता क्लेमेनले चीनविरुद्ध मुद्वा दायर गरेका हुन् ।

अधिवक्ता क्लेमेनले चीनले जैविक हतियार उत्पादन गरी अमेरिकामा आक्रमण गरेको दावी आफ्नो मुद्धामा उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment