 
																			१२ चैत, काठमाडौं । लकडाउन घोषणापछि मनास्लु पदयात्रा मार्गमा समेत ११ जना रोकिएका छन् । ६ जना विदेशी पदयात्री र ५ जना नेपाली सहयोगी तथा गाइड मनास्लु मै अलपत्र परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका मिडिया कोर्डिनेटर सिम्बिर घलेले जानकारी दिए ।
मनास्लु पदयात्रा मार्गको मान्छा खोला भन्ने स्थानमा पुगेका पर्यटक तथा सहयोगी कन्ट्री लकडाउनका कारण अलपत्र परेका हुन् । स्थानीय स्तरमा समन्वयको काम भइरहेको उनले जानकारी दिए । उता, एभरेस्ट रिजनमा समेत ३ सय भन्दा बढी पर्यटन अलपत्र परेका छन् ।
अचानक घोषणा भएको लकडाउनका कारण पदयात्रामा निस्किसकेका पदयात्री अलपत्र परेको खबर आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4