Comments Add Comment

सैनामैनामा आइसोलेसन अस्पताल

१२ चैत, बुटवल । रुपन्देहीको सैनामैनामा कोरोना आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । वडानम्बर १ बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्पताल निर्माण हुनेछ ।

व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका उपयुक्त कोठाहरुलाई नै थप सुविधा सम्पन्न बनाउँदै कोरोना विशेष अस्पताल बनाइने सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

उक्त चिकित्सालयको नगर प्रमुख कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर विष्णु गौतम र सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले बुधबार निरीक्षण गरेको छ ।

त्यसक्रममा विशेषज्ञहरुले सबैभन्दा उपयुक्त स्थल र व्यवस्थित संरचना रहेको भन्दै प्रशंसा गरेको चिकित्सालयका संस्थापक अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिए ।

सियारीको जनता मावि क्वारेन्टाइनका रुपमा प्रयोग गरिने

कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सियारीमा क्वारेन्टाइन बनाइने भएको छ । सियारी गाउँपालिकाको कार्यपालिका बैठक तथा सरोकारवालाहरुको बैठकले ७२ घण्टाभित्र सियारीमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

सियारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, स्वास्थ्यकर्मीसहितको टोलीले क्वारेन्टाइन निर्माण गरिने स्थलको निरीक्षण गरेका छन् ।

अनुगमनका क्रममा सियारी-७ अमुवामा रहेको जनता मा.वि.मा हाललाई क्वारेन्टाइन बनाइने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

जोखिमलाई मध्यनजर गर्दै अवाश्यक परेको खण्डमा गाउँपालिकाको अन्य वडा तथा ठाउँहरुमा क्वारेन्टाइन र आइसोलेसन निर्माण प्रकृया अघि बढाइने समेत बताए ।

स्वास्थ्य ठूलो कुरा भएकोले संघीय तथा प्रदेश सरकारको सहकार्यमा गाउँपालिकामा सचेतनामुलक विभिन्न कार्य गरिरहेको तथा अगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।

क्वारेन्टाइनमा रहनेहरुलाई स्वास्थ्य परीक्षण, अवास, खानाको ब्यवास्था, एम्बुलेन्स सेवालगायत गाउँपालिकाले ब्यवस्था मिलाउने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् ।

गाउँपालिकाले पालिकाभित्र भोज-भतेर, समारोह पार्टी तथा समूहमा बस्न रोक लगाएको छ ।

सचेतना मूलक ब्यानर प्रचापम्प्लेट माइकिङलगायतका कार्यहरु गर्दै आएको छ । भाइरसको जोखिमलाई मध्यनजर गर्दै साप्ताहिक हाटबजार बन्द, सवारी अवागमनमा रोक, पसल, होटेल तथा रेष्टुरेन्ट बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment