Comments Add Comment

संक्रमित युवक एयर अरेबियाबाट आएका थिए, होटलमा बसेका थिए

१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमण देखिएका व्यक्ति चैत ६ गते एयर अरेबियाबाट नेपाल आएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १०:९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलनमा ती युवक कतारबाट आएको भने पनि पछि स्वास्थ्य मन्त्रालयले एयर अरेबियाबाट आएको भन्दै सच्याएको थियो ।

यो पनि पढ्नुहोस स्वास्थ्यमन्त्री ढकालको गल्ती मन्त्रालयले सच्यायो

पत्रकार सम्मेलनमा मन्त्री ढकालले संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी  पनि दिए । उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

त्यहाँ संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो, जसको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी बसेको होटल र सम्भावित संक्रमित व्यक्तिहरुलाई पहिचान गर्ने काम भइरहेको स्वास्थ्यमन्त्री ढकालले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment