Comments Add Comment

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

काठमाडौं । बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार दिइएको जानकारी अनुसार उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ ।

७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ ।

क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment