Comments Add Comment

संक्रमित युवतीसँगै आएकाहरुको माग : हाम्रो पनि कोरोना परीक्षण गरियोस्

१२ चैत, चितवन । कोरोना भाइरसको संक्रमण देखिएकी युवतीसँगै चैत ४ गते कतारको दोहाबाट नेपाल आएकाहरु मध्ये ६ जना चितवन जिल्लाका रहेको पाइएको छ ।

उनीहरुमध्ये पाँच जना प्रहरीको सम्पर्कमा आएका छन् र, छैटौं व्यक्तिसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको चितवन प्रहरी कार्यालय, विशेष शाखाका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ भने त्यही विमानमा आएकाहरुको खोजी थालिएको छ ।

सम्पर्कमा आएकाहरू भन्छन् : हाम्रो परीक्षण होस्

प्रहरीले सम्पर्क गरेकाहरु मध्ये चार जना भरतपुर कोरोना विशेष अस्पताल पुगेका छन् ।

र, उनीहरुले कोरोना परीक्षण गर्न माग गरेका छन् । परीक्षण गराएर ढुक्क हुन चाहेको भरतपुर १ आँपटारीका एक युवकले बताए । चैत ४ गते बिहान ९ः३० बजे कतार एयरवेजबाट काठमाडौं उत्रिएका उनी सार्वजनिक बस चढेर चितवन आएका थिए ।

‘घरमा आएर नातीसँग पनि खेलियो’ उनले भने, ‘कतारबाट आएकी एक युवतीमा कोरोना संक्रमण भएको खबर पाएपछि सेल्फ आइसोलेसनमा बसेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment