Comments Add Comment

स्वीट्जरल्याण्डमा एक नेपालीको मृत्यु

बार्सिलोना। स्विट्जरल्याण्डको राजधानी बेर्नमा बस्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

भिरकोट नगरपालिका १ स्याङ्जा मूल घर भएका ५० वर्षीय ईव बहादुर गुरुङ (राम) को उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगले पीडित रहेको एनआरएनए स्विट्जरल्याण्डले जनाएको छ।

एनआरएनका अनुसार गुरुङको मार्च १७ तारिख मंगलबार उपाचारको क्रममा बेर्नको एक अस्पतालमा निधन भएको थियो। परिवारको सल्लाहबमोजिम गुरुङको सदगद बुधबार स्विट्जरल्याण्डमै भएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले उनको निधनले नेपाली समुदायलाई अपुरणिय क्षति भएको भन्दै दुःख ब्यक्त गरेको छ । संघले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment