+
+
Shares

स्वीट्जरल्याण्डमा एक नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते ५:५६

बार्सिलोना। स्विट्जरल्याण्डको राजधानी बेर्नमा बस्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

भिरकोट नगरपालिका १ स्याङ्जा मूल घर भएका ५० वर्षीय ईव बहादुर गुरुङ (राम) को उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगले पीडित रहेको एनआरएनए स्विट्जरल्याण्डले जनाएको छ।

एनआरएनका अनुसार गुरुङको मार्च १७ तारिख मंगलबार उपाचारको क्रममा बेर्नको एक अस्पतालमा निधन भएको थियो। परिवारको सल्लाहबमोजिम गुरुङको सदगद बुधबार स्विट्जरल्याण्डमै भएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले उनको निधनले नेपाली समुदायलाई अपुरणिय क्षति भएको भन्दै दुःख ब्यक्त गरेको छ । संघले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?