Comments Add Comment

झण्डै दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जना पक्राउ

१३ चैत, जनकपुरधाम । कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनको समयमा दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जनालाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आलु र प्याज झण्डै दोब्बर मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । आलु ५० रुपैयाँ प्रति किलो र प्याज एक सय रुपैयाँ प्रति किलोमा बिक्री गरिरहेका उनीहरुलाई आलु र प्याजसहित पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार जनकपुरधाम उप महानगरपालिका ४ वस्ने ४८ बर्षीय प्रदिप अग्रवाललाई कदम चोकबाट भुतनाथ जाने बाटोबाट, सोही ठाउँका २० बर्षीय अंकीत साहलाई महाबीर चोकबाट र २० बर्षकै विकाश कुमार साहलाई महाबीर चोकबाटै पक्राउ गरिएको छ ।

लक डाउनअघि आलु ३० रुपैयाँ प्रति किलो प्याज ६० रुपैयाँमा बिक्री भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment