+
+
Shares
लकडाउन अवज्ञा गर्नेलाई कारबाही :

‘काम नभए पनि बाहिर निस्किन्छु’ लेख्दै घर पठाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १२:००
Photo Credit : ग्रिन सिटी समुदायिक सेवा केन्द्र

१३ चैत, वीरगञ्ज । वीरगञ्जमा लकडाउनको अवज्ञा गरेर बाहिर निस्कनेको संख्या अधिक देखिएको छ । पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो दिन भने कम मानिस निस्किएको भए पनि अनावश्यक काममा बाहिर निस्कने क्रम भने पूर्ण रुपमा रोकिएको छैन ।

नोवेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुन र फैलन नदिन सरकारले नागरिककै लागि लकडाउन गरेको भन्ने नगरबासीमा जनचेतना नहुँदा मानिसहरु कामै नहुँदा पनि घर बाहिर निस्किरहेका छन् ।

वीरगञ्ज आदर्शनगरस्थित ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रले त्यस्ता मानिसहरुलाई नयाँ तरिकाले कारबाही सुरु गरेको छ ।

उनीहरुलाई ‘म काम नभएर पनि घर बाहिर जान्छु’, ‘म काम नभएर पनि मोटरसाइकलमा बाहिर जान्छु’ लेखिएको प्ले कार्ड बोक्न लगाउँदै फोटो खिचेर घर पठाइएको हो ।

बिहानदेखि १० जनालाई त्यसरी कारबाही गरिसकेको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

लकडाउनको उल्लंघन गरेर आवश्यकता नहुँदै रमिते बनेर सडकमा निस्कनेलाई सचेत गर्न यस्तो अभियान थालिएको अध्यक्ष खेतानले बताए ।

‘किन घर बाहिर निस्केको भन्दा कुनै काम पनि हुँदैन, त्यसै डुलेर रमिते बनेर मानिसहरु हिँडिरेका छन्,’ उनले भने, ‘उनीहरुले आफूलाई मात्रै होइन समुदायलाई समेत जोखिममा पारेका छन् । त्यसैले सचेत बनाउन यस्तो कारबाही थालेका हौं ।’

लकडाउनको उल्लंघन गर्नेलाई सम्झाइबुझाइ गर्दा नभएपछि यस्तो उपाय लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले बताए । ‘सम्झाउँदा मान्दैनन, गाली गर्न, पिट्न भएन,’ उनले भने, ‘अटेरीलाई ‘म काम नभएर पनि बाहिर जान्छु ।’ लेखिएको प्ले कार्ड बोकाएर फोटो खिचेर घर पठाएका छौं ।’

आम सर्वसाधरणले लक डाउन आफ्नै लागि हो भनेर नबुझिदिँदा समस्या भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?