Comments Add Comment

कोरोनाविरुद्व लड्न प्रदेश २ सरकारद्वारा २५ करोडको कोष स्थापना

तीन ठाउँमा ल्याब स्थापना गरिने

१३ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरस (कोभिड-१०) विरुद्व लड्न २५ करोड रुपैयाँको कोष स्थापना गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले २५ करोड रुपैयाँको राहत कोष बनाउने निर्णय गरेको हो ।

प्रदेश सरकारको तर्फबाट स्थापना गरिएको कोषमा सम्पूर्ण मन्त्रीहरुले आफ्नो एक महिनाको तलब समेत दिने भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

प्रदेश सरकारले राहत कोषमा सहयोग गर्न समाजिक संघसंस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई आह्वान गरेको छ ।

बैठकले महामारी नियन्त्रणको लागि मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ । महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी विशेष कार्यकारी समिति समेत गठन गरिएको मन्त्री यादवले बताए ।

कार्यकारी समितिलाई बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ । समितिले महामारी नियन्त्रण गर्न चाहिने आवश्यक सामाग्रीहरुको खरिद विशेष परिस्थितिको लागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन् ।

यस्तै, प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोनासम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ ।

लडडाउनका कारण समस्यामा परेका गरिब जनताहरुको लागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तह संग समन्वय गरेर अघि बढने प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment