+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

मुस्ताङमा अलपत्र १ सय २१ पर्यटक काठमाडौं पठाइयो

अमृत सुवेदी अमृत सुवेदी
२०७६ चैत १३ गते १३:४१

१३ चैत, पोखरा । नेपाल लकडाउन भएपछि अन्नपूर्ण फेरो पदमार्ग र हिमाली जिल्ला मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ ।

अन्नपूर्ण पदमार्गको थोराङ पास गरेर मुस्ताङ आइपुगेका र मुस्ताङ घुम्न पुगेका गरी १ सय २१ पर्यटकको जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरेको हो ।

मुस्ताङबाट मंगलबार १३ जना, बुधबार ५१ जना पर्यटक काठमाडौं पठाइसकिएको छ भने आज ५७ जना पर्यटकलाई पठाउन लागिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदप्रसाद अर्यालले जानकारी दिए ।

मुस्ताङबाट २ वटा बसमा पर्यटकलाई काठमाडौं पठाउने ब्यवस्था मिलाइएको उनले बताए । मुस्ताङबाट उद्धार गरिएका अधिकांश अमेरिकन, फ्रेन्च, जर्मन, इटालीयन, स्पेनिस पर्यटक छन् ।

‘उनीहरु राउन्ड अन्नपूर्ण पदमार्गमा आएका थिए भने केही मुस्ताङ घुम्न आएका थिए । मुस्ताङका विभिन्न क्षेत्रबाट सम्पर्कमा आएका पर्यटकलाई काठमाडौं पठाउन लागिएको हो,’ अर्यालले भने, ‘मुक्तिनाथ, जोमसोम लगायतका क्षेत्रमा ती पर्यटक बसिरहेका थिए ।’

विदेशमा कोरोनाको सन्त्रास अझ बढी रहेकाले उनीहरु सोही क्षेत्रमै बस्न चाहेको उनले बताए । तर, विदेशबाट आएर हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थान र दूतावासको सम्पकका लागि काठमाडौं पठाइएको उनको भनाइए छ ।

मुस्ताङमा रहेका अरु पर्यटकको पनि खोजी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।

फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना पर्यटकलाई लैजान विमान चार्टर्ड गरेको छ । बुद्ध एयरको ७२ जना क्षमताको विमान चार्टर गरेर आफ्ना नागरिकलाई काठमाडौं लैजान लागेको हो ।

मुस्ताङबाट फर्किँदै गरेका र पोखरामा रहेका गरी ६० जना फ्रेन्च नागरिकलाई चार्टर्ड गरेर काठमाडौं लगिने दूतावासले जनाएको छ । कोरियाली दूतावासले पनि आफ्ना नागरिकको पोखरा आएर खोजी गरिरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?