Comments Add Comment

भारतको लकडाउनमा नेपालको आपूर्ति व्यवस्था बिग्रिन नदिन पहल

१३ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।

कोरोना सर्तकता तथा सुरक्षाका लागि भारतले लिएको लकडाउनसम्बद्ध नीतिले नेपालको आपूर्ति प्रणालीमा असर परेको भन्दै मन्त्रालयले भारतसँग सहजीकरण गरिदिन परराष्ट्रलाई आग्रह गरेको हो ।

भारतीय नीतिका कारण तेस्रो मुलुकबाट भारत ट्रान्जिट भएर आउने औषधि र त्यसका कच्चा पदार्थ, अत्यवश्यक खाद्य वस्तु लगायतको आयातमा असर परेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयमा मन्त्रालयमा बिहीबार बसेको बैठकले चीनतर्फको दुई नाकाबाट मालवस्तु निकासी-पैठारी गर्न दिने निर्णय पनि गरेको छ ।

स्वस्थ्य मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको स्वास्थ्य मापदण्डमा रहेर आयात निर्यात फुकुवा गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment