Comments Add Comment

पाकिस्तानमा कोरोनाबाट युवा बढी प्रभावित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट पाकिस्तानमा संक्रमित हुनेको संख्या एक हजार १०० नाघिसकेको छन् । अहिलेसमम ८ जनाको मृत्यु भइसकेको छ ।

तर सबैभन्दा अनौठोचाहिँ अन्यत्रभन्दा उल्टो प्रभाव देखिएको छ । अन्य मुलुकमा कोरोना भाइरसको प्रभाव वृद्ध उमेरका मानिसमा देखिए पनि पाकिस्तानमा युवाहरु बढी प्रभावित बनेका छन् ।

विशेषगरी २१-३० वर्ष समूहका युवाहरु यो भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका हुन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहायक डाक्टर जफर मिर्जाका अनुसार संक्रमणका २५ प्रतिशत संक्रमण २१ देखि ३० वर्ष उमेरका युवामा देखिएको हो ।

संक्रमितमध्ये २५० भन्दा धेरै युवा छन् ।

जबकी अन्य मुलुकमा ६० वर्षभन्दा बढी उमेर समूहका मानिस यो भाइरसबाट संक्रमित हुने गरेका छन् ।

बुधबार स्थानीय टेलिभिजनलाई जानकारी दिँदै मिर्जाले भाइरस ९३ प्रतिशत विदेशबाट आएको छ भने केवल ७ प्रतिशत आन्तरिक रुपमा फैलिएको हो ।

चीनमा बिहीबारसम्ममा ८१ हजार २८५ संक्रमित देखिएका छन् । जसमध्ये ३ हजार २८७ जनाको ज्यान गएको छ । जसमध्ये ८१ हजार संक्रमित ६५ वर्ष वा त्योभन्दा बढी उमेरका छन् ।

पाकिस्तान डेलीसँग कुरा गर्दै नेशनल इन्स्टिच्युट अफ हेल्थका प्रमुख महामारी विशेषज्ञ राणा सफदरले पाकिस्तानमा युवाको जनसंख्या चीनको भन्दा धेरै रहेकाले युवामा बढी संक्रमण देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment