Comments Add Comment

पर्सा र बारामा लकडाउन अवज्ञा गर्ने १९ जना पक्राउ 

१३ चैत, वीरगञ्ज । पर्सा र बाराका विभिन्न स्थानबाट प्रहरीले लकडाउनको अवज्ञा गरी हिँडडुल गर्ने १९ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बिहीबार पर्साबाट ३ जना र बाराबाट १६ जनालाई नियन्त्रणमा लिइएको हो ।

बाराबाट नियन्त्रणमा लिइएका १६ जनालाई १/१ सय रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार जनही १ सय रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरीको भनाइ छ ।

लकडाउनको अवज्ञा गरी सञ्चालित ५१ ओटा मोटरसाइकल, २ ट्रक, एउटा ट्रेक्टर नियन्त्रणमा लिई जरिवाना लिएर छाडिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

त्यस्तै पर्सामा लकडाउन उलंघन गर्ने ३ जना पक्राउ परेका छन् । २४ वटा मोटरसाइकल र एउटा ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले बताए ।

राजपा नगर अध्यक्ष सर्राफले बाँडे मास्क

राजपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफले दलित बस्तीमा मास्क तथा साबुन वितरण गरेका छन् । दलितबस्तीमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि मास्क र साबुन वितरण गरिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं १५ र १६ मा रहेको दलितबस्तीमा कोरोना भाइरस सम्बन्धी जानकारी गराउनुको साथै मास्क र साबुन वितरण गरिएको अध्यक्ष सर्राफले बताए ।

६ दिनदेखि दलितबस्तीमा पुगेर मास्क, साबुन वितरण गरेको तथा जनचेतना प्रवाह गरेको युवा नेता सर्राफको भनाइ छ ।

नगवाको दक्षिण टोल, माईधीया पोखरी, रामटोल, गहवा, छपकैया लगायत स्थानका सीमान्तकृत दलित समुदायमा मास्क र साबुन वितरण गरिसकिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment