Comments Add Comment

भान्सालाई ‘विद्युत–मैत्री’ बनाउने कि ?

‘विश्वमै जलस्रोतको दोस्रो धनी देश’ भन्नलाई मुख बार्नुपर्ने अवस्था अब नहोला । कुनैबेला ‘विद्युत खपत कम गरौं’ भन्दै लोडसेडिङको तालिका निकाल्ने नेपाल विद्युत प्राधिकरण अहिले धक खोलेर भन्न थालेको छ, ‘ढुक्कले बिद्युत खपत गर्नुहोस् ।’

कुलमान घिसिङको दृढता, लगवाले आज देश उज्यालो मात्र भएको छैन, घर–घर विद्युत–मैत्री बनाउने अनुकुलता पनि मिलेको छ । त्यसैले त अब खाना पकाउने ग्याँस सिलिन्डर नभएपनि गृहणीहरु निर्धक्कसाथ भन्न थालेका छन्, ‘बालै भएन ।’

हुनपनि खाना पकाउनका लागि अब निर्विकल्प होइन, ग्याँस । विद्युतिय चुल्हो र उपकरणले मज्जासँग भान्सा चल्हाउन सकिन्छ ।

पानी तताउन होस् वा खाना पकउन विद्युतिय चुल्हो एवं उपकरण प्रयोग गर्न सकिन्छ । इन्डक्सन चुल्हो, विद्युतिय जगदेखि माइक्रो ओभनलगायतका यस्ता उपकरणहरु अब भान्साको सहयोगी बन्दैछ । एकातिर छिटो–छरितो, अर्कोतिर बिना झन्झट ।

अब कुरा जोडौं बर्तमान अवस्थाको ।

अहिले कोरोना भाइरसको संभावित संक्रमण रोक्नका लागि आउजाउ गर्न निषेध गरिएको छ । यातायात ठप्प छ । बजारमा हिँडडुल गर्न, किमनेल गर्न पनि अहिलेको अवस्थामा त्यती सुरक्षित हुँदैन । तर, यसको सोझो असर अहिले धेरैको भान्सामा परेको हुनसक्छ । कतिपयको खाद्यन्न भण्डार रित्तिदै होला । कतिपयको ग्याँस पकाउने सिलिन्डर ।

खाना पकाउने ग्याँस भारतबाट आयत गर्नुपर्ने भएकाले अहिले यसको आपूर्ति सहज छैन । अर्कोतिर मुलुक ‘लकडाउन’मा जान्छ भन्ने हल्ला चल्नसाथ धेरैले ग्याँस सिलिन्डर जोहो गर्नतर्फ लागे । यसरी आवश्यक्ताभन्दा बढी ग्याँस सिलिन्डर जोहो गरिएपछि बजारमा त्यसको अभाव हुने नै भयो ।

सुरुमा सरकारले यसको आपूर्ति सहज बनाउने भनेपनि व्यवहारिक रुपमा त्यो कठिन देखिए । अहिले आधा सिलिन्डर ग्याँस पाउँछ त भनिएको छ तर त्यो पनि पाउन मुश्किल छ ।

ग्याँस अभावको असर अहिले धेरैको भान्सामा परिसकेको हुनसक्छ । कहिले ग्याँस पाइएला वा सहज स्थिती होला भन्ने अनुमान गर्न अहिले गाह्रो छ । तर, हाम्रो चुल्हो सुचरु राख्नका लागि भरपर्दो विकल्प छ । अर्थात विद्युत–मैत्री भान्सा ।

सरकारले पनि भान्साको संभावित संकट टार्नका लागि विद्युतिय चुल्होको विकल्प अपनाउन आह्वान गरिरहेको छ । लकडाउनको अवधिलाई लक्षित गर्दै विद्युत महसुलमा समेत छुट दिने सरकारको तयारी छ ।  ग्यास चुल्होको प्रयोग घटाएर इन्डक्सन चुल्होको प्रयोग बढाउन यस्तो छुट दिइएको हो ।

अहिलेको समस्या टार्नका लागि पनि इन्डक्सन चुल्हो उपयोगी हुनेछ । त्यसो त अहिले ग्याँस चुल्होको बदलामा राइस कुकरको प्रयोग गर्न सकिन्छ । विद्युतिय जगको प्रयोग गर्न सकिन्छ । विद्युतिय उपकरणको प्रयोग गरेर ग्यास खपत कम गर्न वा त्यसको अभाव टार्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment