+
+
Shares

ट्रम्पको बोली फेरियो, सीलाई ‘उच्च सम्मान’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १२:३०

१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तापछि यसअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रम्पको बोली फेरिएको छ ।

अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी भएको थियो ।

वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, भनेका छन्, ‘चीनले धेरै पार गरिसकेको छ र भाइरसलाई राम्रोसँग बुझिसकेको छ । हामी एकअर्कासँग नजिक रही काम गर्नेछौं । उच्च सम्मान छ ।’

ट्रम्पको यो अभिव्यक्तिलाई कूटनीतिक आलोचकहरूले चीनसँग सम्बन्ध सुधारको प्रयास भनेका छन् ।

कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल मजबुत बनाउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?