Comments Add Comment

कोरोना संक्रमित : महिला भन्दा पुरुष किन बढी ?

ग्लोबल हेल्थको तथ्यांकन विश्लेषण अनुसार पुरुषहरुको कोभिड–१९ को मृत्युदर महिलाहरुको तुलनामा बढी पाइएको छ ।

राष्ट्रिय स्वास्थ्य संस्थानद्वारा जारी गरिएको तथ्यांकका अनुसार, इटलीमा, जुन कोभिड–१९ को केन्द्र बनेको छ, त्यहाँ कुल कोरोना भाइरस संक्रमणमध्ये ६० प्रतिशत पुरुष थिए ।

चीन तथा दक्षिण कोरियाको तथ्यांक विश्लेषणले पनि यस्तै प्रकारको तथ्यांक देखाएको छ । अमेरिकाले अहिलेसम्म कुल संक्रमितमध्ये कति पुरुष तथा कति महिलाहरु छन् भन्ने बारेमा जानकारी सार्वजनिक गरेको छैन ।

तथ्यांकहरुका अनुसार, इटाली, चीन, जर्मनी, इरान, फ्रान्स, दक्षिण कोरिया आदि देशमा पनि कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुमा महिलाको तुलनामा पुरुषहरुको संख्या बढी छ ।

त्यसो त, अहिलेसम्म कुनै पनि त्यस्तो वैज्ञानिक अध्ययन भएको छैन, जसबाट पुरुषहरुको मृत्युदर किन बढी भैरहेको छ भन्ने स्पष्ट होस् । यद्यपि, महिलाहरुको तुलनामा पुरुषहरुले अत्यधिक बढी धुम्रपान गर्छन् । त्यसैगरी महिलाहरु तुलनात्मक रुपमा सजग हुन्छन् । उनीहरु सानोतिनो कुरामा पनि निकै सर्तकता अपनाउने गर्छन् । जबकी पुरुषहरु हरेक कुरालाई सामान्य रुपले लिने गर्छन् ।

अर्कोकुरा, कोभिड–१९ ती मानिसहरुका लागि अत्यधिक हानिकारक छ, जो पहिलादेखि नै कुनै बिरामीको शिकार भएका छन्, जसको रोगप्रतिरोधात्मक क्षमता कमजोरी भैसकेको हुन्छ ।

चीनकै उदाहरण हेरौं । चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो, जहाँ ५० प्रतिशत पुरुषहरु धूम्रपान गर्छन् भने तीन प्रतिशत महिलाहरुले पनि धूम्रपान गर्छन् ।

त्यस्तै इटालीमा पनि ७० लाख पुरुषहरुको तुलनामा ४५ लाख महिलाहरु धूम्रपान गर्छन् ।

त्यसो त, रिपोर्टहरुका अनुसार इटालीमा कोरोना भाइरसका कारण जति पनि मृत्युहरु भएका छन्, ती मध्ये ९९ प्रतिशत मानिसहरु त्यस्ता व्यक्तिहरु थिए, जो पहिलादेखि नै कुनै न कुनै रोगबाट ग्रसित थिए ।

ती मध्ये ७५ प्रतिशत मानिसहरु उच्च रक्तचापका बिरामीहरु थिए, जसको शिकार अधिकांश पुरुषहरु नै छन् । यसबाहेक पुरुषहरुको संख्या बढ्नुका अन्य कारणहरुमा महिलाहरुको तुलनामा पुरुषहरुले धेरै यात्रा गर्नुलाई पनि अर्को कारण मानिएको छ ।

त्यसो त, ग्लोबल हेल्थको ५०÷५० को विश्लेषण त्यति ब्यापक छैन, किनभने उसको रिपोर्टमा सम्पूर्ण विश्वको केवल २५ प्रतिशत जनसंख्यामात्र आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment