१३ चैत, बुटवल । रुपन्देहीको सैनामैनामा सय बेडको कोरोना विशेष स्पताल सञ्चालनमा आएको छ ।
वडा नम्बर १ वनकट्टामा रहेको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पताल बनाइएको हो । व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका कोठाहरुलाई आइसोलेसन रुम बनाइएको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए ।
अस्पतालको नगरप्रमुख कार्कीले शुभारम्भ गरे ।
फेवर क्लिलिकसहित कोरोना अस्पताल सञ्चालनमा आएपछि रुघाखोकी, ज्वरो तथा कोरोनाको शंकास्पद लक्षण देखिएहरुलाई सहज भएको छ ।
अस्पतालमा डा. प्रकाश खरेल, रक्षा गुरागाईं तथा नेपाली सेनाका डाक्टर लगायत ९ जनाको टीम खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4