+
+
Shares

सिद्धार्थनगरमा साढे ११ लाखको विपद व्यवस्थापन कोष

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १६:०७

१३ चैत, बुटवल । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न विपद व्यवस्थापनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ११ लाख ५१ हजार रुपैयाँको कोष निर्माण गरेको छ ।

विभिन्न आयोजनामा हुने बचत रकमबाट आगामी नगरसभाबाट अनुमोदन गराउने गरी कोषमा रकम विनियोजन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

कोषमा रकम जम्मा गर्न सार्वजनिक रुपमा अपिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । कोष व्यवस्थापनका लागि नगरप्रमुख हरिप्रसाद अधिकारीको संयोजकत्वमा कार्यसमिति गठन भएको छ ।

जसको सदस्यहरुमा नगर उपप्रमुख उमा काफ्ले, वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्य, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी, नागरिक समाज रुपन्देही, सिद्धार्थनगरका अध्यक्ष क्याप्टेन रेशम केसी, समाजसेवी कृष्ण प्रसाद शर्मा, नारायणप्रसाद अग्रवाल र बैंकर्स एशोसिएसन सिद्धार्थनगरका अध्यक्ष रामराज उपाध्याय रहेका छन् ।

कोरोना भाइरसको संक्रमण समाप्त भएपछि खाता बन्द गरी रकम बचत भएमा नगरपालिकाको सञ्चित कोष मार्फत विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

कोषमा नगरप्रमुख तथा कोषका संयोजक हरिप्रसाद अधिकारीले २१ हजार ,नगर उपप्रमुखले १५ हजार र १३ वटै वडा अध्यक्षले १० हजारका दरले रकम जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।

लकडाउनको समयमा अत्यावश्यक खाद्यान्न, तरकारी, दुध, औषधिलगायतका सामग्री सहज रुपमा उपलब्ध गराउन वडा अध्यक्षहरुलाई समन्वय गर्ने निर्णय भएको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?