१४ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लकडाउनकै बीचमा अस्पताल पुगेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार रााति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल गएका हुन् ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच अस्पतालमै अन्य समसामायिक विषयमा करिब ४० मिनेट कुराकानी भएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
प्रधानमन्त्री शुक्रबार साँझ निवास फर्किने प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4