+
+
Shares

कोरोना भाइरस रोकथामका लागि सांसद बानियाँद्वारा तीन गाउँपालिकालाई ५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १६:३३

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मकवानपुरका तीन वटा स्थानीय तहलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

सांसद बानियाँले कोरोना भाइरस संक्रमणसँग लड्नका लागि राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकालाई ५ लाख उपलब्ध गराउने घोषणा गरेका हुन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँले राक्सिराङ गाउँपालिकालाई २ लाख, मनहरीलाई एक लाख र कैलाश गाउँपालिकालाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । स्थानीय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी राहत रकम उपलब्ध गराउने उनले बताए ।

सांसद बानियाँले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै न्यून आय भएका विपन्न, लोपोन्मुख, सीमान्तकृत वर्गमा खाद्य संकटको सम्भावनालाई मध्यनजर गर्दै अत्यावश्यक खाद्य सामाग्री उपलब्ध गराउन प्रदेश सरकारसमक्ष माग समेत गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?