Comments Add Comment

राष्ट्रकवि र शताब्दीपुरुषको अपील : जनता भान्साघर चलाऊ

१४ चैत, काठमाडौं । जेष्ठ नागरिकहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरिएको लकडाउनका कारण हातमुख जोर्न समस्या परेकाहरुलाई तीन महिनाका लागि आवश्यक खाद्यान्न र प्रतिपरिवार १० हजार राहत दिन माग गरेका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, सताब्दीपुरुष सत्यमोहन जोशी, प्रा. डा. त्रिरत्न मानन्धर, लगायतले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै आपतकालीन राहत घरघरमा पुर्‍याउन माग गरेका छन् ।

साथै शहरी क्षेत्रमा भोकमरीको अवस्था आउन नदिन स्थानीय तह, समुदाय र गुठीहरुको संयोजनमा जनता भान्साघर सञ्चालन गरी दुईछाक खाने प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

किसानका लागि आवश्यक राहत प्याकेज तयारी हालतमा राख्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई एक वर्षको बनाउन, स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न समेत जेष्ठ नागरिकहरुले माग गरेका छन् ।

हेर्नुहोस् अपिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment