
१४ चैत, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ ।
जोनसनले ट्वीटरमा भिडियो पोष्ट गरेका छन्, जसमा आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताएका छन् । मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको भन्दै उनले भनेका छन्, म घरबाटै काम गरिरहेको छु ।’
डाउनिङ स्ट्रिटका एक प्रवक्ताकाअनुसार संक्रमणको पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन् । उनले आइसोलेसनमै बसेर सरकार चलाउनेछन् ।
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson #StayHomeSaveLives (@BorisJohnson) March 27, 2020
आफ्नो सरकारी निवासमा आइसोलेसनमा बसे पनि भिडियो कन्फरेन्स मार्फत् कोरोनाभाइरस विरुद्धको लडाइँ लगायत सरकारका कामकारबाहीको नेतृत्व गर्ने जोन्सनले बताएका छन् ।
आधुनिक प्रविधिको सहयोगमा आफ्नो नेतृत्वको सरकारले भाइरसलाई छिट्टै परास्त गर्न सक्ने उनले बताएका छन् । जोन्सनका अनुसार उनमा हिजोदेखि ज्वरो र खोकी लगायतका लक्षण देखिएका थिए ।
यद्यपि केही दिन अगाडि नै उनका एक प्रवक्ताले जोन्सनलाई सन्चो नभएको अवस्थामा काम गर्नका लागि भनेर वरिष्ठतम मन्त्रीको हैसियतमा रहेका परराष्ट्रमन्त्री डोमिनिक राबलाई जोन्सनपछिको जिम्मेवारी तोकिएको बताएका थिए ।
५५ वर्षे जोन्सन बिहीबार राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सहभागी भएका थिए ।
बेलायतमा हालसम्म करिब १२ हजार कोरोनाभारस संक्रमित छन् भने पाँच सय ७८ जनाको ज्यान गइसकेको छ ।
जोन्सनकी ‘फियान्सी’ क्यारी सिमन्ड्स हाल गर्भवती छिन् । आइसोलेसनमा रहँदा जोन्सन उनीसँगै बस्छन् वा छुट्टै भन्ने स्पष्ट भइसकेको छैन ।
प्रतिक्रिया 4