+
+
Shares

लकडाउनमा नमाज पढ्न नपाएका दुई युवक (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ चैत १४ गते १९:००

१४ चैत, काठमाडौं । शुक्रबार काठमाडौंको बसुन्धराबाट दुई मुसलमान किशोर नमाज पढ्न भनी नयाँबजारस्थित मदरसातर्फ लागे । हरेक शुक्रबार आफ्नो धार्मिक स्थलमा गई अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने मुस्लिम धर्मावलम्बीको परम्परा नै हो ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाए पनि सेतो कमिज सुरुवाल र टोपी लगाएका दुई किशोर बसुन्धराबाट हिँड्दै हिँड्दै नयाँबजारतर्फ लागे ।

नयाँबजार मेडिकल चोकनजिक जब उनीहरुले जामिया गौसिया अहसनुल बरकात मदरसामा पुगे । ढोका बन्द देखेर एकछिन दंग परे । सरकारले गरेको लकडाउनका कारण सबैथरी शिक्षण्ण संस्था, धार्मिक स्थल पनि बन्द छन् ।

त्यसपछि उनीहरु घरतर्फ फर्किए । घरतर्फ फर्किने क्रममा उनीहरुलाई एक युवकले मोटरसाइकलमा लिएर गए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?