
१४ चैत, जनकपुरधाम । पसलमा खाना पकाउने ग्यास राखेर पनि बिक्री नगर्ने र नुनमा कालोबजारी गरेको आरोपमा जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सरकारले जारी गरेको लकडाउनको समयमा ग्यास राखेर पनि सेवाग्राहीलाई बिक्री नगर्ने र नुन प्रति किलो ३५ रुपैयाँका दरले बिक्री गर्नेलाई शुक्रबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका-११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ बस्ने ४७ वर्षीय नरेश साह छन् । जयप्रकाशले ग्यास राखेर बिक्री नगरेको र नरेशले नुन महँगोमा बिक्री गरेको पाइएपछि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4