Comments Add Comment

पुरिँदै ओजोन तह

नासाले गत आइतबार सार्वजनिक गरेको ओजोन तह पुरिँदै गएको तस्वीर । तस्वीर : एपी

१५ चैत, काठमाडौं । पछिल्लो समय ओजोनको तहमा सुधार आइरहेको एक अध्ययनले देखाएको छ । कोलोराडो बोउल्डर यूनिभर्सिटीले गरेको एक अनुसन्धानले अन्टार्कटिकाभन्दा माथिको ओजोन तहमा निरन्तर सुधार आइरहेको देखाएको हो ।

वैज्ञानिकहरुका अनुसार अहिले दक्षिणी गोलार्धको वायुमण्डलमा देखिँदै आएको धेरै जोखिमपूर्ण परिवर्तन रोकिएका छन् । तर, यो परिवर्तन अस्थायी मात्र पनि हुन सक्ने उनीहरुले बताएका छन् । पछिल्लो समय कार्बन उत्सर्जनमा विश्वभर कमी आइरहेकाले यस्तो परिवर्तन देखिएको हुन सक्ने बताइएको छ ।

सन् १९८० को दशकको अन्तिममा देखिएको ओजोन तहको क्षयीकरणले दक्षिणी वायु थप दक्षिणतर्फ बहिरहेको छ । यसले वर्षाको चक्र र समुद्री छालको गतिमा परिवर्तन देखिँदै आएको छ ।

यो समाचार चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ सँग सम्बन्धित नरहेको बताइएको छ । तर, विश्वभर हानिकारक ग्यास उत्सर्जनमा कमी आएको कारण वातावरणमा केही सकारात्मक असर भने देखिएको छ

यो परिवर्तनपछि ओजोन क्षयीकरण गर्ने वस्तुको उत्पादनमा रोक लगाउने गरी सन् १९८७ मा मोन्टरियल प्रोटोकल ल्याइयो । यसले अहिले भने काम गरिरहेको देखिएको छ । पछिल्लो समय स्याटेलाइट दृश्यको अवलोकन र जलवायुको पछिल्लो अवस्थाले ओजोन तह सुधार हुँदै गएको देखाएको कोलोराडो बोउल्डर यूनिभर्सिटीकी अन्तरा बनर्जी बताउँछिन् ।

बनर्जीका अनुसार ओजोन तह सन् २०३० को दशकसम्म उत्तरी गोलार्धमा पूर्णरुपमा १९८० को दशकको अवस्थामा आउनेछ । दक्षिणी गोलार्धमा भने उक्त अवस्थामा आउन सन् २०५० सम्म लाग्नेछ । विशेषगरी अन्टार्टिक होल पुरिन भने सन् २०६० को दशक कुर्नुपर्ने अपेक्षा छ ।

वैज्ञानिकहरुका अनुसार ओजोन क्षयीकरण गर्ने तत्वहरु निकै लामो समयसम्म रहन्छन् । त्यसैले अबको केही दशकसम्म ओजोन तह पहिलाको जस्तो अवस्थामा फर्किन सक्दैन ।

यो समाचार चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ सँग सम्बन्धित नरहेको बताइएको छ । तर, विश्वभर हानिकारक ग्यास उत्सर्जनमा कमी आएको कारण वातावरणमा केही सकारात्मक असर भने देखिएको छ ।

भाइरसको कारण अहिले उल्लेख्य मात्रामा आर्थिक गतिविधि रोकिएका छन् । यसले कार्बनडाइअक्साइड उत्सर्जनमा उल्लेख्य कमी आएको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले बताएको छ । डब्ल्यूएमओले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्बन उत्सर्जनमा कमी आउनुको अर्थ जलवायु परिवर्तनको लडाइँ रोक्नुपर्छ भन्ने नरहेको उल्लेख गरेको छ ।

अन्य केही अध्ययनले पनि पछिल्लो समय कार्बन उत्सर्जन सोचेको भन्दा निकै सुस्त गतिमा बढेको देखाएका छन् ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment