Comments Add Comment

बलीउडकर्मीको गोप्य प्रेम–लीला

बलिउडकर्मीको जीवन यसैपनि चमक–दमकपूर्ण । उनीहरुको प्रेम–रोमान्सको कुरा चाखलाग्दो नहुने कुरै भएन । अधिकांश बलिउडकर्मीको प्रेम–रोमान्सले बि–टाउनमा कम्पन ल्याएकै हो । जस्तो अहिले आलिया भट्ट र रणवीर कपूर । रणवीर फिल्मको कारण जति चर्चामा आउने गर्छन्, प्रेम जीवनको कारण पनि उत्तिनै । कहिले क्याटरिना कैफसँग समुन्द्री किनारमा मस्ती गरेको त कहिले दीपिका पादुकोणसँगको सम्बन्धलाई उनले गोप्य राख्न सकेनन् । त्यसो त उनी प्रेमका सम्बन्धका कुशल खेलाडी नै हुन् ।

बलिउडमा ‘खिलाडी ब्वाई’ भनेर चाहि अक्षयकुमारलाई चिनिन्छ । यसको दुई कारण छन् । एक त उनले ‘खिलाडी’ शीर्षक–शृंखलाको फिल्ममा खेले । अर्को, उनी प्रेममा खेलाडी नै हुन् । एकसाथ तीन जना गर्लफ्रेन्डलाई सम्हाल्ने उनी प्रेमकै कारण चर्चा र विवादमा आए, थुप्रै पटक ।

९० को दशककी चर्चित अभिनेत्री रवीना टन्डनसँग उनको अफेयरले बलिउडलाई रापिलो बनाइरह्यो । उनीहरु ‘मोहरा’ फिल्मबाट नजिकिएका थिए । रविनाले वास्तवमै अक्षयलाई चाहेकी थिइन् । तर, अक्षयको नियत निको थिएन । किनभने त्यसबेला अक्षय रेखासँग पनि समानन्तर सम्बन्ध बढाइरहेका थिए । रविनाले आफ्नो सम्बन्धलाई त्यही पूर्ण बिराम लगाइन् ।

यता अक्षयले रिक्त ठाउँ भरे, सिल्पा सेट्टीसँग सम्वन्ध जोडेर । सिल्पासँग अफेयर रहेकै बखत अक्षय ट्वींकल खन्नासँग पनि नजिकिएका थिए ।

अभिनेता हृतिक रोशनको अहिले घरबार बिग्रिएको छ । र, यसको निहुँ पनि हृतिकको विवाहेत्तर सम्बन्ध नै हो । उनको प्रेम अफेयरले बेलाबखत उनलाई नै समस्यामा पार्ने गरेको यो पहिलो घटना भने होइन ।

हृतिकले ‘कहो ना प्यार है’बाट बलिउड डेब्यु गरेका हुन् । यस फिल्ममा अमिषा पटेलभन्दा अघि करीना कपुरको नाम सिफारिस गरिएको थियो । यद्यपी फिल्मको सेटमा ऋतिक र करिना नजिकिए । त्यही कारण आमा बबिताले करिनालाई यो फिल्मबाट छुटाइन् ।

आमिर खान अहिले दोस्रो पत्नी किरण रावसँग दाम्पत्य सुख–भोग गरिरहेका छन् । यद्यपि पहिलो श्रीमतीलाई र छोराछोरीलाई पनि उनले सम्हालेकै छन् । यसरी सबैलाई रिझाउने गुण नहुँदो हो त आमिरको घरबार अहिलेसम्म यति सुमधुर नहुन सक्थ्यो ।

आमिर जेसिका हाइन्स नामकी विदेशी पत्रकारसँग अफेयरमा थिए । उनीहरुको भेट फिल्म ‘गुलाम’ (१९९८)को सेटमा भएको थियो । दुबैको अफेयर सुरु भयो र उनीहरु लिभ इन रिलेसनशिपमा बसे ।

अन्ततः जेसिका गर्भवती भइन् । आमिरले जेसिकालाई गर्भपतनका लागि दबाव दिन थाले । यद्यपी जेसिकाले गर्भपतन गर्न अस्विकार गरिन् । उनी आमिरलाई छाडेर लन्डन गइन् । त्यही सिंगल मदर बनेर बच्चा जन्माइन् । त्यसको नाम जान राखियो । आमिरले उक्त बच्चाको बारेमा खुलेर केहि टिप्पणी गरेका छैनन् ।

अब अघिल्लो पुस्ताका बलिउडकर्मीको कुरा गरौं ।

डिस्को डान्सर किंग मिथुन र श्रीदेवीबीच पनि अफेयर थियो । यद्यपी त्यसबेला मिथुनले बिवाह गरिसकेका थिए । उनकी पत्नी योगिता बली थिइन् । के पनि भनिन्छ भने, श्रीदेवीसँग मिथुनले गुपचुप बिवाह पनि गरेका थिए ।

तर, यो खबर थाहा पाएर योगिताले आत्माहत्याको प्रयास गरिन् । त्यसपछि मिथुन श्रीदेवीलाई छाडेर पत्नी योगितासँगै बस्न थाले । त्यसको केहि समयपछि श्रीदेवीलाई बोनी कपुरले बिवाह गरेर सबैलाई अचम्मित तुल्याइदिए ।

रेखा र अमिताभको जोडीलाई अनस्क्रिन मात्र होइन, वाहिर पनि एकसाथ देख्न चाहन्थे, प्रशंसकहरु । दुबैले एकसाथ केहि फिल्ममा अभिनय गरे । यद्यपी अमिताभले उनीहरुबीचको सम्बन्धलाई कहिल्यै स्विकार गरेनन् । केहि समयपछि उनले जयासँग बिवाह गरे । त्यसपछि अमिताभ र रेखाको जोडी न रिल लाइफमा देखियो, न रियल लाइफमा ।

बलिउडमा जुन समय रीना रोयको करियर उत्कर्षमा थियो, त्यही समय उनको अफेयर सत्रुध्न सिन्हासँग भइरहेको थियो । केहि कामको सिलसिलामा जब रीना लन्डन गइन्, त्यहीबेला शत्रुध्नले पूर्व मिस योङ इन्डिया पुनम चन्डीरामणिसँग बिवाह गरेर सबैलाई छक्क पारिदिए । यसको सुईको पाउनसाथ रीना लन्डनबाट फर्किइन् र सत्रुध्नसँग यसको कारण सोधिन् । बिवाहपछि सत्रुध्न र रीनाबीच सम्बन्ध कायम रह्यो । तर, उनीहरुको सम्बन्धको दुखद अन्त्य किन भयो, त्यसको जबाफ कसैसँग छैन । एक अन्र्तबार्तामा सत्रुध्नले आफुहरुको सम्बन्ध ७ बर्षसम्म चलेको बताएका थिए । रोचक त के भने, उनीहरुको यो रिलेसनको बारेमा सत्रुध्नकी पत्नी पुनमलाई समेत सबैकुरा थाहा भएको बताइन्छ ।

फिल्म ‘मुगल ए आजम’को सेटमा सलीम बनेका दिलीप कुमार र अनारकली बनेकी मधुबालाबीच अफेयर सुरु भएको थियो । यसको प्रमाण त्यसबेला मिल्यो, जतिबेला फिल्म इन्सानियतको प्रीमियरमा दिलीप र मधुबाला हातमा हात समातेर उपस्थित भए । तर, मधुबालाको पिताले यो सम्बन्धलाई रुचाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment