+
+
Shares

बिहानैदेखि पर्यटकको उद्दार सुरु, कतारबाट दुई विमान आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १०:००
लुक्ला विमानस्थल ।

१५ चैत, काठमाडौं । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका पर्यटकको शनिबार पनि उद्दार हुँदैछ । पर्यटकलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको ट्वीनअर्टर विमानले सोलुखुम्बुको लुक्लामा शनिबार पाँच उडान गर्दैछ ।

पर्यटक लिन दुईवटा ट्वीनअर्टर जहाज शनिबार बिहानै लुक्ला पुगिसकेका छन् । पर्यटकको उद्दारका लागि तारा एयरले पनि लुक्लाबाट तीन र समिट एयरले एउटा उडान भर्नेछ । पोखराबाट पनि शनिबार तीनवटा उडान हुनेछ ।

युरोपेली देशले नेपालमा रोकिएका आफ्ना नागरिक उद्दारका लागि विमान पठाइरहेका छन् । नेपालमा रोकिएका पर्यटक लिन जर्मनी र फ्रान्सले शनिबार कतार एयरलाइन्सका दुई विमान नेपाल पठाउँदैछ । करिब ३५० जना जर्मन पर्यटक लिन कतारबाट विमान आउने तय भएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

फ्रान्सेली पर्यटक लिन आइतबार कतार एयरलाइन्सकै विमान काठमाडौं आउने स्रोतको भनाई छ । शुक्रबार जर्मनीले त्रिभुवन विमानस्थलबाट आफ्ना नागरिक कतार एयरलाइन्समार्फत् लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?