Comments Add Comment

भारतमा संक्रमितको संख्या नौ सय नाघ्यो, मृत्यु हुनेको संख्या २०

१५ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या नौ सय नाघेको छ । शनिबार मात्र भारतमा १५ नयाँ संक्रमित फेला परेका छन् । यसअघि शुक्रबार १६० नयाँ संक्रमित देखिएका थिए । शुक्रबार भारतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १७६ संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा संक्रमितको संख्या १६२ पुगेको छ । अहिलेसम्म भारतको २७ राज्यमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । नेपालसँगको सीमानाका जोडिएका राज्यहरुमध्ये बिहारमा अहिलेसम्म नौ जनामा भाइरसको संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, उत्तराखण्डमा ५ तथा पश्चिम बंगालमा १५ जनामा यो भाइरसको संक्रमण पाइएको छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो राज्यमा यो भाइरस तेस्रो चरणमा प्रवेश गर्ने अवस्थामा रहेकोले तयारी अवस्थामा रहन सबैलाई आग्रह गरेका छन् ।

यो अवस्थामा कुनै विदेश गएर आएका मानिससँगको सम्पर्क बिना नै यो भाइरस पूरै समुदायमा फैलिन सुरु गर्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment