Comments Add Comment

कतार एयरवेजका दुई विमानले युरोप लगे ६०८ पर्यटक

१५ चैत, काठमाडौं । कतार एयरवेजका दुई वटा विमानले युरोपियन युनियनमा आबद्ध देशबाट नेपाल आएका अलपत्र यात्रु लिएर उडान भरेको छ । बिहान ११ : ४७ बजे र मध्यान्ह १२ : ४५ बजे कतार एयरवेजका दुईवटा विमानले ६०८ जना पर्यटक लिएर त्रिभुवन विमानस्थल छाडेका हुन् ।

युरोपेली मुलुक स्वीडेन, फ्रान्स र जर्मनीका ६ सयभन्दा बढी नागरिक शनिबार नेपालबाट स्वदेश फर्किएका छन् । ती मुलुकले कतार एयरवेजको वाइडबडी जहाज चार्टर गरेर आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । धेरैजसो युरोपियन नागरिक नेपालमा पदयात्राका लागि आएका थिए ।

कतार एयरवेजको उडान नम्बर ७७८२ बाट ३०३ पर्यटक फर्किएका छन् भने ३४६८ बाट ३०५ जना युरोप फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालस्थित जर्मन तथा विभिन्न युरोपेली देशका दूतावासहरुको समन्वयमा अलपत्र पर्यटकलाई विमान चार्टर गरेर फर्काइएको हो । शुक्रबार पनि कतार एयरवेजबाट ३०७ पर्यटकलाई उद्दार गरेर युरोप लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment