+
+
Shares

मेडिकल सामग्री लिन चीन उड्यो नेपाल एयरलाइन्सको जहाज

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १६:१५

१५ चैत, काठमाडौं । कोरोना परीक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए ३३० वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?