Comments Add Comment

मेरो किरानामा सामान किन्दा एनआईसी एशियाकोे डिजिटल सेवामा १० % रकम फिर्ता

१५ चैत, काठमाडौं । एनआईसी एशिया बैंकको ग्राहकहरुलाई मेरो किराना अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई-कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन् ।

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सकिनेछ ।

यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भीडभाड कम गर्न आहृवान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment