+
+
Shares

घलेगाउँको होमस्टेमा पर्यटक राखे ५० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते २०:१५

१५ चैत, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न अहिले सरकारदेखि गाउँ तहसम्म नै सतर्कता अपनाइरहेको छ । लमजुङको होमस्टे गाउँ घलेगाउँले कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउन सतकर्ताको नयाँ तरिका अपनाएको छ ।

घलेगाउँले गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाएको छ । तर, यदि कसैले गाउँ आएका पर्यटकलाई बास दिएमा पनि जरिवाना गरिने भएको छ । घलेगाउँमा अब कुनै घरले पर्यटकलाई बास दिए ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको हो ।

क्व्होँलासोँथर गाउँपालिकाको सार्क राष्ट्रको नमुना स्मार्ट भिलेज मानिने घलेगाउँ होमस्टेमा पर्यटन व्यवस्थापन समितिले यस्तो नियम राखेको छ । पर्यटक प्रतिबन्धित अवस्थामा कसैले पर्यटक राखे २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना गराउने गरी समितिले नियम बनाएको गाउँपालिका अध्यक्ष तथा पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले जानकारी दिए ।

यो नियम वैशाख १ गतेसम्मका लागि तोकिएको छ । लकडाउनका बेला पनि ग्रामीण क्षेत्रबाट पर्यटक मोटरसाइकल लिएर जान थालेपछि यस्तो नियम बनाइएको अध्यक्ष घलेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?