Comments Add Comment

घर-घरमा पुगेर फोहोर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही

१५ चैत, काठमाडौं । सरकारले तत्काल नागरिकको घर घरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ति जारी गर्दै शनिबारदेखि घर घरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । शनिबारदेखि काठमाडौं उपत्यकाको फोहोर संकलन र सिसडोलमा बिसर्जन सुरु भएको पनि मन्त्री मानन्धरले जानकारी दिए ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तिमा उल्लेख  छ । मन्त्रालयले आजैदेखि घर-घरमा फोहोर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका,नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो ।

संघीय राजधानी काठमाण्डौको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ ।

उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुर्गन्ध रोकथाम र किटाणु नासका लागि आवाश्यक औषधीको व्यावस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिईसकिएको विज्ञप्तिमा उल्लेख छ । साथै अब संक्रमणको जोखिम न्युनीकरण गर्न बिहान ८ बजेभित्र फोहोर बसिर्जनको ब्यवस्था मिलाउने भनिएको छ।

फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवाश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन मिलाउने कामको थालनी समेत भईसकेको मन्त्री मानन्धरले जानकारी दिएका छन् । अव्यवस्थित रुपमा फालिने फोहोरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै ब्यवस्थित रुपमा व्यवस्थापन गरिदिन आग्रह गरिएको छ । घर बाहिर फोहोर फाल्नेलाई कारबाही गरिने मन्त्री मानन्धरले बताए ।

फोहोरका कारण फैलनेसक्ने संक्रमणलाई मध्यनजर गर्दै फोहोर विर्सजनका लागि सिसिडोलबासीले गरेको सहजीकरणको  मन्त्री मानन्धरले प्रशंसा गरेका छन् ।

मन्त्री मानन्धरले त्यहाँ निर्माण गर्नुपर्ने पूर्वाधार लगायतका आवाश्यक संरचना व्यवस्थापनको काम समेत यथासिघ्र थालनी गराउने प्रतिवद्धता समेत जनाएका छन् । तत्काल देखिन सक्ने समस्या समाधानका लागि हात धुले प्रयोजनका लागि काठमाडौं महानगरपालिकाले ट्यांकी, मास्क लगायतका सामग्रीहरु उपलब्ध गराएको र थप ब्यवस्थापनका लागि मन्त्रालयले पहल थालेको मन्त्रालयले बताएको छ ।

अव्यवस्थित रुपमा फलिने फोहोरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्को घडीमा संयमता अपनाउन सबै पक्षलाइ मन्त्री मानन्धरले अनुरोध समेत गरेका छन् ।

आफू उक्त क्षेत्रको जनप्रतिनिधि समेत भएका नाताले सिसडोल र बन्चरेडाँडाको समस्या समाधानमा प्रतिवद्ध रहने बाचा समेत मन्त्री मानन्धरले गरेका छन् । संकटको बेलामा सबै पक्ष गम्भीर बनेर छलफलका माध्यमबाट समाधानको खोजिमा लाग्नुपर्ने बेला आएको विज्ञप्तीमा उल्लेख छ । विपद्को घडीमा ध्रैयता र संयमता अपनाउन पनि सबै पक्षलाई मन्त्री मानन्धरले आग्रह गरेका छन् ।

सहरी क्षेत्रमा संकटको सामना गर्नका लागि स्थानिय तह र वडा कार्यालयसम्म नै उद्धार, उपचार र यन्य अत्यावश्यकिय व्यवस्थापनका लागि सहरी क्षेत्रका सबै स्थानमा तत्काल संरचना तयार पार्न देशभरका सबै नगरपालिकालाई मन्त्रालयले अनुरोध गरेको छ ।

संघ, प्रदेश र सबै स्थानिय तह मार्फत फोहोर संकलन र ब्यवस्थापन लगायतका कामलाई तिब्रता दिलाउने र सम्भावित संकटको सामना गर्न उद्धर र राहतका लागि समेत सबै स्थानीय तहका संरचनालाई तयारी अवस्थामा राख्नुपर्ने आवश्यकतालाई ध्यान दिन मन्त्री मानन्धरले आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment