Comments Add Comment

कोरोनाको कहर : इटलीमा एकै दिन ९६९ जनाको मृत्यु

१४ चैत, काठमाडौं । इटलीमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा करिव एक हजारको मृत्यु भएको छ ।

बेलायती अनलाइन मेट्रोकाअनुसार इटलीमा एकै दिनमा ९६९ जनाको मृत्यु भएको छ, जसमा ४४ जना डाक्टर पनि छन् । यससँगै मृतकको संख्या ९ हजार ३१४ पुगेको छ । यो कोरोनाका कारण विश्वको कुनै पनि मुलुकमा भएको सबैभन्दा धेरै मृत्यु हो ।

यस्तै ४ हजार ४०१ नयाँ संक्रिमित थपिएका छन् । यो बिहीबारको भन्दा केही कम हो । बिहीबार ४ हजार ४९२ नयाँ संक्रमित भेटिएका थिए ।

सैनिक परिचालन गरेर दुई सातासम्म जनतालाई घरमा राखेका कारण उत्तरी क्षेत्रमा संक्रमण केही कम भएको छ । पोप जन तेइसौं अस्पतालका लुका लोरिनी भन्छन्, ‘अहिले पनि संक्रमितको संख्या उच्च छ तर पछिल्लो दिनमा बृदिद्धर कम छ ।’

यस्तै शुक्रबार १० हजार ९५० मानिस पूर्ण रुपमा निको भएको छ । यो संख्या अघिल्लो दिन १० हजार ३६१ थियो ।

स्पेनमा ७६९ जनाको ज्यान गयो

यस्तै  पछिल्लो २४ घण्टामा स्पेनमा ७६९ जनाको ज्यान गएको छ । यो कोरोनाका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ८७१ नयाँ संक्रमित भेटिएका छन् । र, कुल संक्रमितको संख्या ६४ हजार ५९ पुगेको छ । उनीहरु मध्ये ४ हजार ८५८ को मृत्यु भएको हो भने ९ हजार ३५७ जना पूर्ण रुपमा निको भएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले आपतकाललाई १२ अप्रिलसम्म लम्ब्याएको छ र मानिसहरुलाई घरमै बस्न भनिएको छ । अस्पताल सफाई लगायतका कामका लागि सेना परिचालन गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै फ्रान्समा पछिल्लो २४ घन्टामा ३६५ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतकको संख्या १ हजार ६९६ पुगेको छ ।

यसैगरी जर्मनीमा थप ५५ जनाको मृत्यु भएको छ भने ५ हजार ७८० नयाँ संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment