Comments Add Comment

स्याङ्जामा गोली लागेर प्रहरी हवल्दारको मृत्यु

१४ चैत, पोखरा । स्याङ्जामा गोली लागेर एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो ।

पोखरा- २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु  भएको मृतकका काका सूर्य पौडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले भने घटनाको कारण अनुसन्धान गर्न घटनास्थलमा प्रहरी टोली गइरहेको बताएको छ ।

काका सूर्यले घटना छानबिनको माग गरेका छन् ।

घटनाको थप विरवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment