
१३ चैत, काठमाडौं । नोवेल कोरोना (कोभिड-१९) भाइरसबाट २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । बिहीबार मध्यान्हसम्म २१ हजार २९७ जनाको मृत्यु भएको छ ।
१९८ देशमा पुगेको कोरोनाका कारण सबैभन्दा बढी इटलीमा सात हजार ५०२ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा तीन हजार ६४७, चीनमा तीन हजार २८७, इरानमा २ हजार ७७, अमेरिकामा एक हजार ३२ र फ्रान्समा एक हजार ३३२ जनको मृत्यु भइसकेको छ ।
कोरानाले बेलायतमा ४६५, नेदरल्याण्डस्मा ३५६, जर्मनी २०६ र वेल्जियम १७८ जनाको ज्यान लिइसकेको छ ।
दक्षिण एसियामा कोभिड-१९ बाट २८ जनाको ज्यान गइसकेको छ । भारतमा १३, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ ।
गत डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको कोरोनाबाट ४ लाख ७१ हजार मध्ये एक लाख १४ हजार जना निको भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4