+
+
Shares

काठमाडौंमा पाँच दिनमा दुई लाख ३३ हजार सिलिन्डर ग्यास बिक्री : आयल निगम

नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकामा पछिल्ला पाँच दिनमा दुई लाख ३३ हजार ६६२ सिलिन्डर ग्यास बिक्री गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते २०:२७

२७ भदौ, काठमाडौं । नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकामा पछिल्ला पाँच दिनमा दुई लाख ३३ हजार ६६२ सिलिन्डर ग्यास बिक्री गरिएको छ ।

कृष्णभिर पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक बाटोबाट ल्याएर ती सिलिन्डर काठमाडौं उपत्यकामा बिक्री गरिएको आयल निगमको दाबी छ ।

आयल निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिन्डर काठमाडौं ल्याएर बिक्री गरिएका छन् ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिन्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको जनाएको छ ।

पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर र काठमाडौं ल्याई बिक्री गरिने निगमले जनाएको छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?