+
+
Shares

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते २१:२०

१४ चैत, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

उनी ३४ वर्षका नेपाली पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ ।

योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । तीमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?