Comments Add Comment

विदेशबाट आएका व्यक्तिको विवरण संकलन गर्न गाउँपालिकालाई पत्राचार

१५ चैत,काठमाडौं । गाउँपालिका महासंघले सबै देशभरका सबै गाउँपालिकालाई भारतसहित तेस्रो मुलुकबाट आफ्नो गाउँपालिकाभित्र आएका नागरिकहरुको विवरण संकलन गरी संघीय सरकारलाई दैनिक रुपमा पठाउन पत्राचार गरेको छ ।

गत दुई साताभित्र विदेशबाट फर्केकाहरुलाई निर्धारित मापदण्ड बमोजिमका क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न समेत गाउँपालिकाहरुलाई भनिएको छ । विदेशबाट आएका व्यक्तिहरुमा संक्रमण देखिएपछि महासंघले गाउँपालिकाहरुलाई सचेत गराएको हो ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले शनिबार देशका ४६० गाउँपालिका अध्यक्षहरुलाई पत्र पठाई वडा समिति मार्फत टोल टोलमा सम्पर्क व्यक्तिहरु तोकी नागरिकको स्वास्थ्य सूचना लिने र रुघखोकी तथा ज्वरो जस्ता कोरोना भाइरसका लक्ष्ण देखिएमा सुरक्षा विधिसहित तोकिएका स्वास्थ्य संस्थामा लैजान समेत पत्राचार गरिएको छ ।

गाउँपालिकाहरुलाई दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका परिवारको विवरण संकलन गरी न्यूनतम राहत सामाग्री समेत तत्काल उपलब्ध गराउन महासंघले गाउँपालिकाहरुलाई आग्रह गरेको छ । महासंघले स्वास्थ्य संस्थाहरुमा आवश्क पर्ने न्यूनतम स्वास्थ्य सामाग्रीहरु सहज आपूर्तिका लागि संघ र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment