Comments Add Comment

सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि ४० करोडको कोष

१५ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ४० करोड रुपैयाँको कोष स्थापना गरिएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले तीन अस्पतालमा नमुना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र बैतडी अस्पतालमा कोरोना परीक्षणसहितको ल्याबको ब्यवस्था गर्ने  निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए ।

गरिबीको रेखामुनि रहेका, मजदुरी, ज्यालादारी गर्ने व्यक्तिको मापदण्ड बनाई आर्थिक सहायताको प्याकेज प्रदान गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री शाहले बताए ।

सेती प्रादेशिक अस्पताललाई कोरोना उपचार विशेष अस्पतालको रुपमा प्रयोग गर्नेसमेत मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment