१५ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
रुपन्दहीका तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाले स्थापना गरेका कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानले ५० हजार रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो ।
सहकारीका १९ हजार ५ सय शेयर सदस्यबाट प्रति सदस्य १० रुपैयाँका दरले एक लाख ९५ हजार र सहकारीको सामाजिक कोषबाट ५ हजार गरी दुई लाख रुपैयाँ दिने निर्णय भएको अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4