Comments Add Comment

कोरोना भाइरसको चपेटामा करोडौं मानिस

१५ चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ लाख नाघेको छ । दक्षिणी युरोप संक्रमणको केन्द्र बनेको छ । अमेरिकामा पनि संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ ।

कोरोनाको संक्रमण र रोकथामको प्रयासमा धेरै देशहरुले लकडाउन गरेर मानिसहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाएका छन् ।

नक्शा र चार्टमार्फत् अहिलेको अवस्थाबारे बुझ्न अझ सजिलो हुनेछ ।

कोरोना भाइरस पूरै विश्वभर तीव्र रुपमा फैलिइरहेको छ । विश्वका १९९ देश यसबाट प्रभावित भएका छन् । हजारौंको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण सबैभन्दापहिले चीनको वुहान शहरबाट सुरु भएको थियो । चीनबाहिर यस भाइरसबाट ४ लाख ५५ बढी संक्रमित पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट पीडितहरुको संख्या भने यो भन्दा पनि बढी हुनसक्छ । किनभने सामान्य लक्षण देखिएका धेरै मानिसहरु छन् र ती मानिसहरुको स्वास्थ्य परीक्षण हुनै बाँकी छ । यस्ता व्यक्तिहरुलाई कोरोनाबाट संक्रमितको संख्यामा गणना पनि गरिएको छैन ।

कोरोनाको महामारीबाट इटलीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । इटलीमा हालसम्म ९ हजार १ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिका, स्पेन, जर्मनी र इरानमा पनि धेरै संख्यामा संक्रमण र सोही संक्रमणका कारण मृत्यु भएकाहरुको संख्या सार्वजनिक भइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अब कोरोनाको महामारीको केन्द्र अमेरिका हुने चेतावनी दिएको छ ।

कोरोना भाइरसको सुरुआत चीनबाट सुरु भए पनि चीनले यसलाई नियन्त्रणमा लिइसकेको छ । नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको छ । मृत्यु हुनेहरुको संख्या भने घट्दै गएर एक अंकमा सीमित भएको छ ।

भारतमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment