
१५ चैत, काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी विमान अप्रिलको सुरुआतमा अस्ट्रेलिया जाने भएको छ । नेपालमा रहेका अस्ट्रेलियाली नागरिकलाई नेपाल एयरलाइन्सले घर फिर्ता लगिदिने भएको छ ।
नेपालस्थित अस्ट्रेलियाली दूतावासको पहलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गर्न लागिएको हो ।
नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनका अनुसार सम्भवत १ अप्रिलमा काठमाडौंबाट सिड्नी जाने गरी तयारी भइरहेको छ ।
नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा कार्गो उडान गरेको छ । कार्गो उडान भने थप गर्ने योजना छ । यसअनुसार २ अप्रिलमा ग्वाङ्झाउमा अर्को उडान हुँदैछ । यो उडानको चाटर्ड भने निजी क्षेत्रले गरेको हो ।
यसैगरी नेपाल एयरलाइन्सले ग्वान्झाओ, छेन्दु, कुन्मिङ र सेन्जेनमा थप एक–एक कार्गो फ्लाइट गर्ने तयारी गरेको छ । उडान मिति तय भएको छैन ।
नेपाल एयरलाइन्सँग दुई वटा वाइडबडी जहाज छन् । जुन लामो दूरीमा उड्न सक्छन ।
प्रतिक्रिया 4