१५ चैत, विराटनगर । सुनसरीको इटहरीमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरले शनिबारदेखि अनलाइनबाटै अर्डर लिएर होम डेलिभरी सेवा सुरु गरेको छ । डिपार्टमेन्टले इटहरी नगरबासीको लागि शनिबार नाै सय ग्राहकको अर्डर लिएर होम डेलिभरी सेवा सुरु गरेको हो ।
डिपार्टमेन्ट स्टोरका प्रवन्धक श्रीप्रसाद गौतमले स्टोरबाट बिक्री वितरण गरिरहेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्नेगरी अनलाइन प्लेटफर्म विकास गरिरहेको जानकारी दिए ।
कुल २० वडा रहेको इटहरी उपमहानगरपालिका भित्रका वडामा शनिबार एकदेखि ५ नम्बर वडामा ग्राहकले अर्डर गरेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्ने तीनवटा ट्रक घरघरमा पुगेको उनले बताए ।
कोरोना संक्रमणको त्रासमा मुलुक नै अहिले लकडाउनको अवस्थामा छ,’ प्रवन्धक गौतमले भने, ‘नगरबासी घरबाहिर निस्किन नसकिरहेको अवस्थामा हामीले अनलाइन प्लेटफर्म विकास गरी अर्डर गरेको खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्न थालेका छौं। जसमा पहिलो दिन शनिबार नै नाै सय ग्राहकले अर्डर टिपाउनुभएको छ ।’
तरकारी, दुई केजी चिनी, चामल, दाल, तेल लगायतका दैनिक खाद्यान्न सामाग्री नगरबासीले अर्डर गर्न सक्ने गौतमले बताए । गौतमकाअनुसार आइतबार छदेखि १०, सोमबार ११ देखि १६ र मंगलबार १७ देखि २० नम्बर वडाका नगरबासीलाई अनलाइनमार्फत् अर्डर गरिएको खाद्यान्न होम डेलिभरी गरिनेछ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4