Comments Add Comment

फेन्सर अनिताको लकडाउन अनुभव : मीठा मीठा परिकार पकाइरहेको छु

१५ चैत, काठमाडौं । कोरोना भाइरस महामारीको कारण अहिले नेपाल लकडाउन छ । नेपाल सरकारले लकडाउन घोषणा गरेको शनिबार पाँचौ दिन हो ।

यस अवधीका कोही पनि घरबाट बाहिर निस्कन मिल्दैन । सबै मानिस घर रुम भित्र नै बसिरहेका छन् ।

धेरै नेपालीका लागि यो नौलो अनुभव हो । झन् मैदानमा खेलिरहने, विभिन्न देशमा खेल्न पुग्ने, प्रशिक्षण गर्ने खेलाडीहरुको लागि त अझै नयाँ हो । सधैं खेल्ने खेलाडीलाई घरमै मात्र बस्दा कस्तो अनुभव होला । लकडाउनका बेला घरमै क्वारेन्टिनमा बसिरहेका खेलाडीहरुले के गरिरहेका होलान् । यसै क्रममा हामीले फेन्सिङ खेलाडी अनिता कार्कीसंगको कुराकानी गरेका छौं ।

१. लकडानउमा के के गरिरहनुभएको छ ?

घर बाहिर नजाने बिहान बिहान फिजिकल फिटनेस गर्ने, किताब पढ्ने गर्छु । मलाई जीवनीका किताब मन पर्छ । टिभी हेर्ने गीत सुन्ने । फिल्म हेर्ने ।

साथीहरुसंग इन्टरनेटमा, फोन मार्फत कुरा गर्ने । खाने कुराहरु बनाउन धेरै मन पर्छ । परिवारमा रमाइलो गर्छु । पहिले मदन पुरस्कार पाएका केही किताबहरु पढिरहेको छु । अनि गेमको भिडियोहरु पनि हेर्छु ।

२. कोरोना भाइरसको संक्रमणबाट बच्न के के गरिरहनुभएको छ?

घरमा नै बस्ने, बाहिर नजाने, अरुलाई पनि नआउन आग्रह गरिरहेका छौं । समय समयमा हात मुख धुने, कुनै कारणले बाहिर जानै परेमा मास्क लगाएर जाने, स्यानिटाइजरको प्रयोग गर्ने, अनि परिवारमा पनि कोरोनाविरुद्ध बच्न के के गर्नुपर्छ भने सल्लाह आदान प्रदान गर्ने गरिरहेका छन् ।

अनि रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुरा खाइरहेका छौं ।

३. खेल्न नपाउँदा कस्तो अनुभव भइरहेको छ?

कहिले साथीहरुसंग गएर अभ्यास गर्ने होला जस्तो भइरहेको छ । तर म आफैं बिहान बिहान शारीरिक व्यायाम गरिरहेको छु । कसरी हुन्छ आफ्नो शरीरलाई फिट राख्नुपर्छ भनेर लागिरहेको छु । तर बाहिर गरेजस्तो नहुने रहेछ ।

४. धेरै फुर्सद हुँदा कस्तो हुने रहेछ ?

सधैँ बाहिर साथीहरुसंग हिँडिरहने बानी, अहिले फुर्सद हुँदा धेरै अल्छी भएको महसुस हुन्छ ।

५. घरबाट बाहिर निस्कन नपाउँदा कस्तो लागेको छ ?

सबै परिवारसंगै हुँदा खुसी लाग्छ तर बाहिर निक्लन नपाउँदा जेल जस्तै लाग्छ । मोबाइल टिभी र इन्टरनेट हुँदा त य हुँदो रहेछ जेलभित्र बस्ने मानिसलाई कसरी बस्छन् होला जस्तो लाग्छ ।

६. अहिले कुन साधान चढ्नु हुन्छ ?

सार्वजनिक बस ।

७. मन पर्ने खेलाडी नेपाली ?

सावित्रा भण्डारी, फुटबल ।

८. मन पर्ने खेलाडी, विदेशी ?

मारिया ब्रान्जा, फेन्सिङ ।

९.  कुन मोबाइल चलाइरहनुभएको छ ?

ग्यालेक्सी जे फोर प्लस ।

१०. आफ्नो खेल बाहिरको मन पर्ने खेल र खेलाडी ?

सावित्रा भण्डारी, फुटबल ।

११. कुन भिडियो गेम खर्ल्नुहुन्छ ?

धेरै जसो परिवारसंग प्ले स्टेसन खेल्छु ।

१२.  टिमको सबैभन्दा नजिकको खेलाडी ?

म कसैलाई नजिक र कसैलाई टाढा भन्दिन सबैसंग एउटै बानी हुनु राम्रो हो ।

१३. मन पर्ने गायक ?

स्व नारायण गोपाल पुरानोमा, नयाँमा प्रमोद खरेल ।

१४. मन पर्ने मूभि ?

चिनो

१५. मन पर्ने नायक ?

श्रीकृष्ण श्रेष्ठ

१६. मन पर्ने गीत ?

लक्ष्मी प्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री ।

१७. खेलाडी नभएको भए के हुन्थ्यो ?

म्युजिसियन

१८. अहिलेसम्मको सम्झन लायक क्षण ?

थाइल्याण्डमा भएको च्याम्पियनसिप । जहाँ मैले नेपाललाई फेन्सिङमा पहिलो पदक दिलाएको थिएँ ।

१९. सबै भन्दा मिल्ने खेलाडी ?

म सबैसंग मिल्ने कोशिस गर्छु, त्यसैले बेष्ट भन्ने छैन ।

२०. कोही खेलाडीसंग खेल्न मन लागेको तर नपाएको ?

१३ औं सागमा खेलेको भारतको एक फेन्सर खेलाडी ।

२१. जान्नुपर्ने तर नजानेको कुरा ?

किक बक्सिङ

२२. तत्कालै सिक्न मन लागेको कुरा ?

संगीत

२३. तपाईंलाई किन्न मन लागेको वा चढ्न मन लागेको साधन ?

मलाई खासै आफ्नो साधन चढ्न मन पर्दैन। गाडी भयो भने ठीकै हो । तर स्कुटरमा चाहिँ अप्रिला मन पर्छ ।

२४. तपाईंसंग भएको कुनै महंगो सामान ?

खासै त्यस्तो केही छैन । एउटा ल्यापटप छ ।

२५. अहिलेसम्म पाउनुभएको महंगो गिफ्ट को बाट पाएको ?

हेल्गा रायमाझी म्यामले एउटा एफआईइ ब्लेज र ग्लोभ्स दिनुभएको थियो, थाइल्याण्डमा पदक जितेपछि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment