Comments Add Comment

ज्यालादारी र विपन्नलाई सरकारले राहत प्याकेज घोषणा गर्दै

१५ चैत, काठमाडौं । सरकारले दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने तथा गरिब विपन्नहरुलाई तत्काल दैनिकी चलाउन राहत प्याकेज घोषणा गर्ने भएको छ । आइतबार मन्त्रिपरिषद् बैठक बसेर न्यूनतम राहत प्याकेज घोषणा गर्न लागिएको स्रोतले जनाएको छ ।

त्यस्ता व्यक्तिहरुको विवरण स्थानीय तहबाट संकलन गरिनेछ । त्यस्तै पूर्वाधार निर्माणका क्षेत्रमा कार्यरत मजदुरहरुको विवरणसमेत सम्बन्धित ठाउँबाट संकलन गरी उनीहरुलाई तत्काल अत्यावश्यक खाद्य सामग्रीका लागि राहत दिइनेछ ।

वडास्तरबाट त्यस्ता अति आवश्यकहरुको विवरण संकलन गरी खाद्यान्नलगायतको व्यवस्थापन गर्न सोही तहलाई जिम्मा दिने तयारी छ । कोभिड-१९ विरुद्ध रोकथाम तथा नियन्त्रण उपसमितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा.युवराज खतिवडाले शनिबार यसै विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् ।

राष्ट्रपति भण्डारीले दुबै मन्त्रीसँग यसबीचमा सरकारले गरेका काम र अबका योजनाबारे जिज्ञासा राखेको बताइएको छ । मन्त्रिपरिषद् बैठकबाट गर्नुपर्ने निर्णयका सन्दर्भमा प्रधानमन्त्रीसँग पनि छलफल भएको पोखरेल निकट स्रोतले जनाएको छ ।

यसअघि पोखरेलले भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङसँग सरकारले तत्काल राहत दिनुपर्ने पूर्वाधार क्षेत्रमा कार्यरत ज्यालादारी श्रमिक र गरिब विपन्न असहायहरुको विवरण संकलन सम्बन्धमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment